Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ६१% वृद्धि, प्रतिसेयर आम्दानी पनि उकालो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ६१% वृद्धि, प्रतिसेयर आम्दानी पनि उकालो

  • काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.१९ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने १.३१ प्रतिशतले घटेर १ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ४४ करोड रुपैयाँ थियो। तर बैंकको सञ्चालन नाफा उल्लेखनीय रूपमा ६०.७४ प्रतिशतले वृद्धि भई ६२ करोड १८ लाख रुपैयाँ पुगेको छ।

    खराब कर्जा अनुपातमा भने केही कमजोरी देखिएको छ, जुन १.१३ प्रतिशत विन्दुले बढेर ४।९७ प्रतिशतमा पुगेको छ।

    नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी  ५ रुपैयाँ ८१ पैसाले बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५२.५६ रुपैयाँ छ।

    चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा २४ करोड २ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij