Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

विद्यालय शिक्षा ऐन जारीको मागमा शिक्षकहरूको आन्दोलन २०औं दिनमा, काठमाडौंमा प्रदर्शन जारी

विद्यालय शिक्षा ऐन जारीको मागमा शिक्षकहरूको आन्दोलन २०औं दिनमा, काठमाडौंमा प्रदर्शन जारी

  • काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यो आन्दोलन आज २०औं दिनमा पुगेको छ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, प्रदर्शन आज बिहान ९ बजे माइतीघर मण्डलाबाट सुरु हुने बताएका छन्। उनले अनुशासन र मर्यादासहित आन्दोलनमा निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्।

    शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंमा विद्यालय शिक्षा ऐन तत्काल पारित गरिनुपर्ने माग गर्दै रचनात्मक कार्यक्रम, नाचगान, नाराबाजीजस्ता शैलीमा आन्दोलन गर्दै आएका छन्।

    यो निरन्तर आन्दोलनका कारण काठमाडौंका सडकहरू अस्तव्यस्त भएका छन्, जसले राजधानीको जनजीवनमा असर पारिरहेको छ। शिक्षकहरूले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij