Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद बढ्यो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद बढ्यो

  • काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि अब बैशाख २१ गतेसम्म लम्बिएको छ। बैंकले ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ७ वर्षे अवधिको ऋणपत्र सार्वजनिक रुपमा निष्काशन गरेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ।

    बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरका २५ लाख कित्ता ऋणपत्र बजारमा ल्याएको छ। तीमध्ये १५ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट र बाँकी १० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ।

    सर्वसाधारण तर्फ छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत, अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ। बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने, इच्छुकले अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सक्छन्।

    धितोपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेड ले गरेको हो। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

    यस ऋणपत्रको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई CARE NP A+ Issuer Rating दिएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्ने राम्रो क्षमता रहेको संकेत गर्दछ। आर्जित ब्याज भने प्रत्येक आर्थिक वर्षको मध्य र अन्त्यमा, कर कट्टीपश्चात, लगानीकर्तालाई भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij