Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

सुनको मूल्य तोलामा २०० ले बढ्यो  , प्रतितोला  एक लाख ९० हजार ६०० मा कारोबार

सुनको मूल्य तोलामा २०० ले बढ्यो  , प्रतितोला  एक लाख ९० हजार ६०० मा कारोबार

  • काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। बुधबार यसै सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कायम भएको छ, जुन अघिल्लो दिन १ हजार ९६५ रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस २,३२९.३३ डलरमा र चाँदी प्रतिऔंस ३३.३७ डलरमा कारोबार भइरहेको छ। मूल्य वृद्धिले बजारमा चहलपहल बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij