Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

स्वाभिमान लघुवित्तको नाफा १८८४% ले उछालियो, तेस्रो त्रैमासमा ३ करोड ५७ लाखको खुद नाफा

स्वाभिमान लघुवित्तको नाफा १८८४% ले उछालियो, तेस्रो त्रैमासमा ३ करोड ५७ लाखको खुद नाफा

  •  

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको समान अवधिको तुलनामा १८८४.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा कम्पनीले मात्र १८ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो।

    उल्लेखनीय रूपमा, कम्पनीको खुद ब्याज आम्दानी ९७.५२ प्रतिशतले वृद्धि भई ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ। साथै, संस्थाले ४ करोड ८३ लाख रुपैयाँ राइट ब्याक गरेसँगै नाफा वृद्धि उल्लेखनीय देखिएको हो। यी सबै कारकहरूले सञ्चालन मुनाफामा सकारात्मक प्रभाव पारेका छन्।

    चैत मसान्तसम्म स्वाभिमानले ८४ लाख १ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ, जबकि अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ७० लाख रुपैयाँ नोक्सानमा थियो।

    हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ। प्रति शेयर आम्दानी  ३२.६१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १८१.३२ रुपैयाँ रहेको छ। यद्यपि, गैर(प्रदर्शनकारी कर्जा अनुपात भने ३.७० प्रतिशतबाट बढेर ४।११ प्रतिशतमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij