Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

तातो लहरसँगै मौसममा परिवर्तन, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

तातो लहरसँगै मौसममा परिवर्तन, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • काठमाडौँ । हाल नेपालमा स्थानीय वायुप्रणालीको आंशिक प्रभाव सक्रिय रहेकाले देशभरको मौसममा केही परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रभावले गर्दा देशका धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रममा वृद्धिको क्रम जारी छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी क्षेत्रमा कहीं–कहीं चट्याङ्गसहित हल्का वर्षा समेत भइरहेको छ।

    आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। ती क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै, यी तीनै प्रदेशका हिमाली भूभागहरूमा पनि एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यही मौसमी प्रवृत्तिले राति पनि निरन्तरता पाउने सम्भावना छ।

    यसैबीच, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागहरूमा अत्यधिक गर्मीको संकेत देखिएको छ। लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा तातो हावा (हिट वेभ) चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij