Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजी बढाउने उद्देश्यले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ, जसको बिक्री प्रक्रिया आगामी वैशाख ३० गतेबाट सुरु हुनेछ र जेठ १९ गतेसम्म जारी रहनेछ। कम्पनीले हाल कायम ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर, अर्थात् १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर जारी गर्न लागेको हो। हकप्रद शेयरमा आवेदन दिन वैशाख ४ गतेसम्म कम्पनीका शेयरधनी रहेको हुनुपर्नेछ, किनकि वैशाख ५ गते बुक क्लोज गरिएको छ। यस हकप्रद शेयर निष्कासनको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरूले कम्पनीका केन्द्रिय तथा क्षेत्रीय कार्यालय, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरू अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीले बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्यसहित हकप्रद ल्याएको हो, जसपछि कुल चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। केयर रेटिङ्ग्स नेपालले कम्पनीलाईरेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतालाई औसत जोखिममा रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij