
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जारी गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ऋणपत्रमा अत्यधिक माग परेपछि निष्कासन अवधि छोट्याउँदै वैशाख १२ गते सम्ममै सीमित गर्ने निर्णय गरेको छ। यसअघि ऋणपत्रको निष्कासन अवधि पहिलो चरणमा वैशाख १० गतेसम्म तय गरिएको थियो, जुनपछि आवश्यकता अनुसार वैशाख २१ गतेसम्म लम्ब्याइएको थियो। तर लगानीकर्ताबाट अपेक्षाभन्दा बढी आवेदन परेपछि बैंकले छिटो निष्कासन बन्द गर्ने निर्णय लिएको हो।
बैंकले ७ वर्षे अवधिको यो ऋणपत्र वार्षिक ७ प्रतिशत निश्चित ब्याजदरसहित सार्वजनिक निष्कासनमा ल्याएको हो। प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरका २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत ९१ अर्ब ५० करोड० संस्थागत तर्फ र ४० प्रतिशत ९१ अर्ब रुपैयाँ० सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको १० लाख कित्तामध्ये ५ प्रतिशत ९५० हजार कित्ता० सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्र आम लगानीकर्ताले आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटलको कार्यालयसँगै, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्। ऋणपत्रमा प्राप्त ब्याज रकम हरेक आर्थिक वर्षको अर्धवार्षिक अन्त्यपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको ब्याजदर घटेसँगै सुरक्षित र स्थिर आयको खोजीमा रहेका लगानीकर्ताबीच ऋणपत्रप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दो देखिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij