Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

डेरी उद्योगको गोदाममा प्रहरीको छापा

डेरी उद्योगको गोदाममा प्रहरीको छापा

  • सिरहा।सिरहाको गोलबजार-४ स्थित माँ धमनी डेरी उद्योगमा प्रहरिले छापा मारेको छ। हिजो साझ जिल्ला प्रहरी कार्यलय सिरहा र भन्सार कार्यालय खैरटोका मांडरबाट खटिएको संयुक्त टोलिले छापा मारेको हो । भारतबाट तस्करी गरी ल्याएका सामानहरू गोदाममा भण्डारण गरिएर राखिएको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी निरिक्षक धर्मेश कुमार यादबको कमान्डमा खटिएको टोली , सशत्र प्रहरी-मांडर,सशत्र प्रहरी गोलबजार,नेपाल प्रहरी गोलबजार र भन्सारका कर्मचारीहरुको संयुक्त टोलिले गोदाममा छापा मारेका थिए । प्रहरी निरिक्षक यादबका अनुसार गोदामभित्र भारतबाट अवैध रूपमा ल्याइएका पाउडर दूध, चिनी,मैदा लगायतका खाद्यन वस्तुहरू भण्डारण गरिएको अवस्थामा फेला परेको छ। छापा मार्ने क्रममा स्थानिय ब्यापारी र प्रहरीबीच भनाभन भएपछी अवस्था उद्विग्न बनेको थियो।

    त्यसपछी प्रहरी र भन्सारका कर्मचारीको टोलीले गोदाम सिल गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय,सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।बरामद गरिएका सामानको यकिन विवरण र मूल्यांकन भने शुक्रबार मात्र सार्वजनिक गरिने डिएसपि पासवानले बताए । शुक्रबार आन्तरिक राजस्व कार्यालय, लहानको टोलीले समेत स्थलगत अनुगमन गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जान्कारी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij