Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

राप्रपाका अध्यक्ष लिङदेनले तीनकुने लुटपाट घटनामा नेपाली कांग्रेसका नेताकै छोरा संलग्न भएको संसदमा गरे खुलासा

राप्रपाका अध्यक्ष लिङदेनले तीनकुने लुटपाट घटनामा नेपाली कांग्रेसका नेताकै छोरा संलग्न भएको संसदमा गरे खुलासा

  • काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको लुटपाटको घटनामा सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताकै छोरा पनि रहेको संसदमा खुलेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका हुन् ।
    शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको बताए ।

    लिङ्देनले जनाए अनुसार त्यसको रेकर्ड समेत रहेको छ । उनले भने ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन् ।किन छाड्नुभयो तुरुन्तै ?’तर कुन नेताको नाम भने उनले  खुलाएनन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij