Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी

देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी

  • काठमाडौं । हाल नेपालमा स्थानीय वायुप्रवाहको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढिरहेको छ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम सामान्यतः सफा रहेको महाशाखाले जानकारी दिएको छ।

    आज दिउँसो पनि ती पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य भागहरूमा मौसम सफैँ रहने अनुमान छ।

    हल्का वर्षा र चट्याङको सम्भावना
    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना रहेको छ।

    तातो लहरको सम्भावना
    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागहरूमा तातो लहर चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी दिउँसोको समयमा अत्यधिक तापक्रमको जोखिम रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij