Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ,रवि लामिछानेसहित ३९ जनामाथि कारबाही प्रक्रिया

सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ,रवि लामिछानेसहित ३९ जनामाथि कारबाही प्रक्रिया

  •  

    काठमाडौं। नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य माया राईलाई प्रहरीले शनिबार राति कपनस्थित निवासबाट पक्राउ गरेको छ। कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    राईविरुद्ध काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी तथा संगठित अपराध अन्तर्गतको मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उनी लामो समयदेखि फरार थिइन्। स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिवको भूमिकामा कार्यरत रहँदा उनले आर्थिक अनियमितता गरेको आरोप छ।

    उक्त सहकारीको रकम अपचलनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ।

    सहकारी ठगीसम्बन्धी यो मुद्दा पछिल्लो समय निकै चासोको विषय बनेको छ। यस प्रकरणमा अन्य प्रतिवादीहरू पनि अनुसन्धानको दायरामा रहेका छन्। राई पक्राउसँगै अनुसन्धानले थप गति लिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij