Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

भारतीय कपडा चोरी पैठारी गरी दश करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागद्धारा श्यामप्रसाद गुप्ताविरुद्ध मुद्दा दायर

भारतीय कपडा चोरी पैठारी गरी दश करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागद्धारा श्यामप्रसाद गुप्ताविरुद्ध मुद्दा दायर

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध राजस्व चुहावटको आरोपमा उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेको छ। ​भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा गुप्ताविरुद्ध ​आइतबार अभियोगपत्र दायर गरिएको हो । 

    विभागकी उपमहानिर्देशक एव प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरिएको हो ।

    सिराहाको लहान नगरपालिका– ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गर्दा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो ।

    गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो असुल उपर गरी बिगोको सतप्रतिशत जरिवानासमेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी आयोगको छ ।

    rg.png

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij