Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

एनआइएमबी एस क्यापिटलका पाँच म्युचुअल फन्डको 'न्याभ' चैतमा घट्यो

एनआइएमबी एस क्यापिटलका पाँच म्युचुअल फन्डको 'न्याभ' चैतमा घट्यो

  • काठमाडौं । एनआइएमबी एस क्यापिटलद्वारा व्यवस्थापन गरिएका पाँच म्युचुअल फन्डहरूमध्ये सबैको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAB – Net Asset Value) चैत महिनामा घटेको देखिएको छ।

    विशेषगरी, एनआइबीएल सहभागिता फन्डको न्याभ चैतमा घटेर १० रुपैयाँ ९२ पैसा पुगेको छ, जुन फागुनमा ११ रुपैयाँ १९ पैसा थियो। यद्यपि, सोही अवधिमा यस फन्डले सूचीकृत सेयरमा गरेको लगानीमा वृद्धि भएको छ। फागुनमा ४ अर्ब ३३ करोड रुपैयाँको सेयरमा लगानी गरिएको थियो भने चैतमा यो बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

    तर, फन्डको बैंक मौज्दात भने घटेको छ। चैत मसान्तसम्ममा मौज्दात १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ, जुन फागुनमा १ अर्ब ६२ करोड रुपैयाँ थियो।

    आर्थिक रूपमा हेर्दा, फन्डको मुनाफा पनि घटेको छ। फागुनसम्ममा २० करोड १ लाख रुपैयाँ नाफा कमाएको फन्डले चैत मसान्तसम्म आइपुग्दा ४ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij