Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो दर्ता र माइक्रोचिप जडान अभियान सुरु गर्‍यो

काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो दर्ता र माइक्रोचिप जडान अभियान सुरु गर्‍यो

  • काठमाडौं। घरपालुवा जनावरको सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले कुकुर र बिरालो दर्ता अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत स्वदेशी कुकुर निःशुल्क दर्ता गरिनेछ भने विदेशी प्रजातिका कुकुर तथा बिरालो दर्ता गर्न प्रतिजनावर २,००० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ।

    महानगरले दर्ता गरिएका जनावरमा माइक्रोचिप जडान गर्ने योजना ल्याएको छ, जसले हराएका वा चोरी भएका कुकुर-बिरालो पहिचान गर्न सहयोग गर्नेछ। मेयर बालेन्द्र शाहले माइक्रोचिप जडान प्रणालीलाई अनिवार्य बनाउँदै "घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ" भन्ने सन्देशसहित जानकारीमूलक भिडियो सार्वजनिक गरेका छन्।

    महानगरपालिकाले २०७९ मा जारी गरेको ‘कुकुर–बिरालो व्यवस्थापन, नियन्त्रण तथा दर्ता कार्यविधि’ अन्तर्गत दफा ३ (च) मा दर्ता अनिवार्य गरिएको छ। साथै, आर्थिक ऐन २०८१ अनुसार नेपाली जातका सामुदायिक जनावरलाई वडाबाट निःशुल्क दर्ता गरिनेछ।

    दर्ता प्रक्रिया र दायित्व
    कार्यविधिको दफा ७ अनुसार, माइक्रोचिप जडान गरी सम्बन्धित वडा कार्यालयमा जनावर दर्ता गराउने जिम्मेवारी जनावरका मालिककै हुनेछ। जनावरको मृत्यु, स्थानान्तरण वा हराएमा ७ दिनभित्र वडा कार्यालयमा जानकारी दिनुपर्नेछ।

    माइक्रोचिपको विशेषता
    माइक्रोचिप सानो, सुरक्षित र किफायती उपकरण हो जसले जनावरलाई स्थायी पहिचान दिन्छ। हराएका जनावर मालिकसँग पुनः भेट हुने सम्भावना यसले धेरै बढाउँछ। महानगरले ८ हप्ताभन्दा माथिका सबै कुकुरमा अनिवार्य रूपमा माइक्रोचिप लगाउन र बिक्री वा उपहार दिनुअघि पनि चिप जडान गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij