Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा रेशम चौधरी पक्राउ

पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा रेशम चौधरी पक्राउ

  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले आज काठमाडौंको कमलादीबाट पक्राउ गरेको छ। चौधरी र जनमत पार्टीबीच पार्टी एकता घोषणा गर्ने तयारी भइरहँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

    काठमाडौं प्रहरी प्रमुख, वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार टीकापुर घटनाका पीडित शारदा कडायतद्वारा सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइपछि सर्वोच्चले चौधरीलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई डिल्लीबजार कारागार लगिएको अधिकारीले जानकारी दिए।

    टीकापुर घटनामा संलग्नता अभियोगमा पाँच वर्ष तीन महिना जेल सजाय भोगेका चौधरीलाई २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएको थियो। रिहाइपछि उनले पुनः सक्रिय राजनीतिमा प्रवेश गर्दै नाउपा र जनमतबीच एकता प्रक्रिया अघि बढाएका थिए।

    २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक नाबालकसहित आठ जनाको ज्यान गएको थियो। सोही घटनालाई लिएर चौधरीमाथि अभियोग लागेको हो। आज हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रम चौधरीको गिरफ्तारीसँगै स्थगित भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij