Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राजदूत घिमिरेद्वारा राजा चाल्र्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत घिमिरेद्वारा राजा चाल्र्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • काठमाडौँ ।संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले बेलायती नरेश राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बिहीबार बेलायतको बकिङ्घम राजप्रासादमा आयोजित विशेष समारोहमा उनले आफ्नो औपचारिक नियुक्तिपत्र प्रस्तुत गरेका हुन्।

    प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले नेपालसँगको बेलायती सम्बन्ध सुमधुर र पारस्परिक लाभदायक रहेको बताउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेका थिए। उनले नेपाल भ्रमणका आफ्नो पारिवारिक र ऐतिहासिक सम्झनाहरूको पनि स्मरण गरे।

    राजदूत घिमिरेले दुई देशबीचको दुई सय वर्षभन्दा पुरानो सम्बन्धलाई स्मरण गर्दै बेलायतबाट प्राप्त सामाजिक–आर्थिक सहयोगप्रति आभार व्यक्त गरे। साथै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख, स्वास्थ्य र बेलायती जनताको समृद्धिको शुभकामना समेत व्यक्त गरेका थिए।

    समारोहमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासादका अधिकारी, बेलायती विदेश मन्त्रालयका प्रतिनिधि र नेपाली दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरू उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij