Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

बाढीले डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडकको राजमार्ग खण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडकको राजमार्ग खण्ड अवरुद्ध

  • नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको राजमार्ग खण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान दुम्कीबासमा  वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

    कार्यालयका सूचना अधिकारी मधु नेपालले जनाए अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

    यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको जनाउँदै सूचना अधिकारी नेपालले अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij