Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

सन नेपाल लाइफ इन्सुरेन्सको २७% हकप्रद सेयर वैशाख ३० गतेदेखि बिक्री खुला

सन नेपाल लाइफ इन्सुरेन्सको २७% हकप्रद सेयर वैशाख ३० गतेदेखि बिक्री खुला

  • काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर बिक्री गर्न लागेको हो।प्रतिकित्ता १०० रुपैयाँको दरले कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस उद्देश्यका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ।

    वैशाख ४ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताले मात्र हकप्रद सेयर भर्न पाउनेछन्। इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको भूमिका नेपाल एसबीआई मर्चेन्ट बैंकिङले निर्वाह गर्नेछ। साथै, लगानीकर्ताले आवेदन सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट पनि दिन सक्नेछन्।हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि यो पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij