Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

प्रधानमन्त्रीसँग एशियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

प्रधानमन्त्रीसँग एशियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

  • काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशियाली भुक्तानी नेटवर्क (एपिएन) को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन् । फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गर्नुुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij