Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

हेटौडा सिमेन्ट उद्योग निजीकरण गर्ने सरकारी योजनाको विरोधमा माओवादी केन्द्रको प्रदर्शन

हेटौडा सिमेन्ट उद्योग निजीकरण गर्ने सरकारी योजनाको विरोधमा माओवादी केन्द्रको प्रदर्शन

  • हेटौडा । सरकारी स्वामित्वको हेटौडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी योजनाको  विरोध गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौडा बजारमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

    माओवादी केद्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमले प्रजिअ स्किम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाए । साथै उनले सरकारी प्रतिष्ठानको निजीकरण गर्ने योजना  रोकिनुपर्ने बताए ।मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौडा सिमेन्टलगायत केही सरकारी उद्योगहरू निजीकरण गर्ने निर्णय गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै माओवादी नेता गौतमले यसले वर्तमान सरकार, जनता र राष्ट्रको हितमा भन्दा पनि मुट्ठी भरका बिचौलियाको हितमा सक्रिय छ भन्ने अर्को पुष्ट्याई गर्न खोजेको जनाए।हेटौडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रूपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई यसअघि बुझाएको प्रतिवेदनमा हेटौडा सिमेन्ट उद्योगको मूल्यांकन (डीडीए) गरेर गाभ्ने निजी क्षेत्रलाई शेयर बिक्री गर्न सुझाव दिएको थियो । १५ वैशाखको मन्त्रिपरिषद् बैठकले हेटौडा सिमेन्ट उद्योगलाई निजीकरणमा लैजाने प्रक्रिया अगाडि बढाएको थियो । विगत केही महिनादेखि उत्पादन ठप्प रहेको उद्योगले जायजेथा बेचेर उद्योग चलाउने प्रयास पनि गरेको थियो । उद्योग सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको थियो । २०४२ सालबाट भैँसेखानीबाट चुनढुंगा लामसुरेस्थित कारखानासम्म सहज ढुवानीका लागि ११ किलोमिटर लम्बाइको रोप–वे निर्माण गरिएको थियो ।  

    ४८ वर्षअघि स्थापना भएको हेटौडा सिमेन्ट उद्योग राजनीतिक प्रभावमा परेर लामो समयदेखि कमजोर हुँदै गएको छ । सरकार परिवर्तन भएपिच्छे उद्योगको नेतृत्वमा फेरबदल हुने समस्या, दक्ष कर्मचारी र आधुनिक उपकरणको अभाव, भएका उपकरणहरू पनि समय–समयमा मर्मतसम्भार नहुँदा हेटौडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको पर्यवेक्षकहरूको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij