Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

छिमेक लघुवित्तको नाफामा ३२% वृद्धि, खराब कर्जा घट्दा सुधार

छिमेक लघुवित्तको नाफामा ३२% वृद्धि, खराब कर्जा घट्दा सुधार

  •  

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.५९ प्रतिशतले बढी हो। गत वर्ष यो अवधिमा कम्पनीको नाफा ६४ करोड ३७ लाख रुपैयाँ थियो।

    नाफामा भएको उल्लेखनीय वृद्धिको मुख्य कारण भनेको खुद ब्याज आम्दानीमा सुधार, खराब कर्जाको कमी, र इम्पेयरमेन्ट चार्ज घट्नु हो। खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा झरेको छ।

    कम्पनीको कर्जा लगानी ११.२० प्रतिशतले वृद्धि भई ३९ अर्ब २८ करोड रुपैयाँ नाघेको छ। यसका साथसाथै, छिमेकको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

    खुद नाफा बढेपछि कम्पनीको प्रति शेयर आम्दानी  ६.५६ रुपैयाँले वृद्धि भई ३५.३९ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ २४७.१४ रुपैयाँमा कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij