Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

साल्ट ट्रेडिङ कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा ५.२३% घट्यो

साल्ट ट्रेडिङ कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा ५.२३% घट्यो

  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.२३ प्रतिशतले घटेको हो। गत वर्ष कम्पनीले ५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४५ करोड ८० लाख रुपैयाँबाट घटेर ६ अर्ब ७८ करोड २३ लाख रुपैयाँमा झरेको छ। आम्दानीमा आएको गिरावटकै कारण कम्पनीको नाफामा दबाब परेको देखिन्छ।कम्पनीको ब्याज खर्च पनि घटेको छ। अघिल्लो वर्ष ४१ करोड ६१ लाख रुपैयाँ रहेको ब्याज खर्च चालु त्रैमासमा घटेर ३८ करोड ९३ लाख रुपैयाँमा झरेको छ।चुक्ता पुँजीस् ३२ करोड ७ लाख १६ हजार रुपैयाँ

    जगेडा कोष : १ अर्ब ३७ करोड रुपैयाँ

    इपिएस : २०.४७ रुपैयाँ

    प्रति सेयर नेटवर्थ : ३८९.८३ रुपैयाँ

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij