Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

प्रेस सेन्टरले माग्यो पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट

प्रेस सेन्टरले माग्यो पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट

  • काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गर्दा ५० प्रतिशत छुट दिने माग गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टरले पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने विगतकै निर्णय कार्यान्वयन गर्न माग गरेको हो ।

    WhatsApp Image 2025-05-11 at 13.27.53_37941fbc.jpg

    आर्थिक वर्ष २०७३÷०७४ मा तत्कालिन सरकारले बजेटमार्फत पत्रकारको उपचारमा छुटको घोषणा गरेको थियो । तर, एक दशक बित्न लाग्दा पनि यसको कार्यन्वयन हुन सकेको छैन । नयाँ आर्थिक वर्षको संघारमा प्रेस सेन्टरले पत्रकारलाई उपचारमा छुटको निर्णय कार्यान्वयन गर्न माग गरेको हो ।

    WhatsApp Image 2025-05-11 at 13.27.47_e2f38415.jpg

    ‘पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दछौँ’ ज्ञापनपत्रमा उल्लेख छ ।पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्यबिमा र जीवनबिमाको व्यवस्था गर्न समेत माग गरेको छ । सञ्चारकर्मीले खरिद गर्ने सञ्चारसामग्रीमा अनुदान र सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

    सेन्टरले पत्रकारको क्षमता अभिवृद्धिका लागि गठन गर्ने भनिएको ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ तत्काल गठन गर्न माग गर्दै ‘पत्रकार वृत्तिकोष’को कार्यान्वयनका सन्दर्भमा जेष्ठ पत्रकारको आवेदन बमोजिम भत्ता दिन माग गरेको छ  ।आगामी बजेटमा पत्रकारहरुको क्षमता विकास, वृत्ति अभिवृद्धि, जोखिमपूर्ण पत्रकारिता गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानीका लागि तालिम जस्ता कार्यक्रम ल्याउन माग गर्दै सेन्टरले सञ्चार क्षेत्रको समग्र प्रवद्र्धनका लागि प्रभावकारी बजेट व्यवस्था गर्न माग गरेको छ ।

    रेडियो तथा अनलाइन मिडियाको स्पष्ट रुपमा वर्गीकरण गरेर पत्रिका सरह लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने नीतिगत तथा कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।ज्ञापनपत्रमा पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेशागत असुरक्षाका घटनाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार सकुचित भइरहेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij