
काठमाडौँ । नेपाली खेलाडी कमलराज भाटले भारतको मुम्बईमा आयोजित हाइरक्स (HYROX ) प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् । गत मे ३ र ४मा भारतको मुम्बईमा भएको विश्वव्यापी फिटनेस प्रतियोगिता (HYROX) मा नेपाली खेलाडी कमलराज भाटले १६/२४ उमेर समूहमा पहिलो स्थान हासिल गरेका हुन् ।
विश्वभरबाट १६ सय ५० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा विश्वका ठुल्ठुला राष्ट्रका खेलाडीहरूलाई परास्त गर्दै नेपालबाट प्रतिनिधित्व गरेका कमलराज भाट पहिलो भएका हुन् । २५ ओटा देशबाट १६ सय ५० खेलाडीहरू सहभागी उक्त विश्व व्यापी फिटनेस प्रतियोगिता गत मे ३ र ४मा मुम्बईमा भएको थियो ।
नेपालमा हाइरक्स संस्थागत रुपमा अहिलेसम्म खेलिएको छैन् । हाइरक्स (HYROX) को नेपालमा कुनै ट्रेनिङ सेन्टर वा क्लब छैनन् । यद्यपि व्यक्तिगतरूपमा कमलराज भाटले यो प्रतियोगिता जित्नुले नेपालको नाम विश्वमा परिचित भएको छ । ज्यास्मिन(JASMINE) फिटनेस क्लबमा ट्रेनिङ गरेका कमलराज भाट हाइरक्स (HYROX) का खेलाडीमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने पहिलो नेपाली हुन् । हाइरक्स (HYROX) मा ८ किलोमिटर दौड, ८ किसिमका फंगसनल प्रतियोगितालगायत पर्दछन् । यो खेल फिटनेससँग सम्बन्धित हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij