Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images
राजस्व अनुसन्धान विभागद्वारा

मदिरा व्यवसायी राजन केसी र उनका कम्पनीहरू  विरुद्ध राजस्व चुहावट कसुरमा ३ करोड ९९ लाख बढीको  मुद्दा दायर

मदिरा व्यवसायी राजन केसी र उनका कम्पनीहरू  विरुद्ध राजस्व चुहावट कसुरमा ३ करोड ९९ लाख बढीको  मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले मदिरा व्यवसायी राजन केसी र उनका कम्पनीहरू विरुद्ध  राजस्व चुहावट कसुरमा मुद्दा दर्ता गरेको छ । विभागले केसी मुख्य सञ्चालक रहेका के. के. एण्ड के. लिकर, के. के. एण्ड के. र पी. के. ईन्टरप्राइजेजसमेत विरुद्ध  ३ करोड ९९ लाख बढीको मुद्दा दायर गरेको हो । 

    राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी मदिरा व्यवसायी केसी र उनका तीनवटै कम्पनी विरुद्ध मुद्दा दायर गरेको विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जनाएकी छिन् । 

    काठमाडौ जिल्ला बुढानीलकण्ठ न.पा.–१३, चुनिखेलस्थित मदिराको खरिद बिकी कारोबार गर्ने के. के. एण्ड के. लिकर बुढानीलकण्ठ न.पा.–३, बसुन्धारास्थित के. के. एण्ड के. स्टोर टोखा न.पा.–५ र बसुन्धारास्थित  पि. के. ईन्टरप्राइजेजको कारोबार गर्ने मुख्य व्यक्ति राजन केसीले मूल्य अभिवृद्धि कर तथा आयकर छली गर्ने उद्देश्यले बीजक जारी नगरी मालवस्तु बिक्री वितरण गरेको, झुट्टा लेखा तयार गरी कर छलेको, राजस्व छली गर्ने उद्देश्यले बीजक भन्दा बढी वा बिना बीजक सामानमात्र लिई बीजक जारी नगरी बिक्री गरेको, वस्तु तथा सेवाको हस्तान्तरण नै नगरी बीजक मात्र जारी गरी नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएको  विभागले जनाएको छ । 

    विभागले निज प्रतिवादी राजन केसीलाई सोही ऐन बमोजिम मूल्य अभिवृद्धि करतर्फ एक करोड उनान्सय लाख पचासी हजार आठ सय अठसट्ठी  रुपैया बिगो कायम गरी सोही  ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना रुकम एक करोड उनान्सय लाख पचासी हजार आठ सय अठसट्ठी रुपैया  गरी तीन करोड उनान्सय लाख  एकहत्तर हजार सात सय छत्तीस रुपैयाँ जरिवाना गर्न मागदाबी लिई वैशाख ३० उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij