
काठमाडौँ । जीवन बीमा कम्पनीहरूको नाफा करिब ११ प्रतिशतले बढेको छ । सार्वजनिक गरिएको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत १२ जीवन बीमा कम्पनीहरूको नाफा चैत मसान्तसम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा भएको हो ।
गत वर्षको सोही अवधिमा नाफा ४ अर्ब ९ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ९ महिनामा ६५ करोड रुपैयाँ खुद नाफा भएको छ । नाफा धेरै बढाउनेमा भने एसियन लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा सो कम्पनीको नाफा ५९ प्रतिशतले बढेको छ ।दुईबाहेक सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ । राष्ट्रिय जीवन बीमाको ३७ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३३ प्रतिशतले नाफा घटेको छ । कम्पनीहरुको नाफा बढे पनि प्रतिशेयर आम्दानी बढ्न सकेको छैन ।
१२ कम्पनीको औसत प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा छ । पहिले यस्तो आम्दानी १० रुपैयाँ ३४ पैसा थियो । जीवन बीमा कम्पनीहरुको मुख्य बिजनेस भनेकै संकलित प्रिमियम रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्नु हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij