Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

नेपाल बीमा प्राधिकरणले स्थापनाको ५७औँ वार्षिकोत्सव मनायो

नेपाल बीमा प्राधिकरणले स्थापनाको ५७औँ वार्षिकोत्सव मनायो

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले स्थापनाको बिहीबार ५७औँ वार्षिकोत्सव मनाएको छ ।बीमा प्राधिकरणले  स्थापनाको ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको अवसरमा बीमा समाचार र विचार विशेषाङ्क 
    कार्यक्रमको सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले बीमा व्यवसायलाई व्यवस्थित, नियमित तथा प्रतिस्पर्धी बनाउन, नागरिकलाई गुणस्तरीय तथा विश्वसनीय बीमा सेवा उपलब्ध गराउन, बीमितको हक हित संरक्षण गर्न र बीमकको आर्थिक अवस्थालाई सबल बनाउन नियामकीय निकायको रूपमा प्राधिकरणले विगतमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ। प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न, बीमा प्रतिको जनविश्वासलाई अझ मजबुत बनाउन शीघ्र बीमा दाबी भुक्तानी प्रणालीको विकास तथा बीमा सम्वन्धमा अवलम्बन गरिएका अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गरी बीमा सेवा प्रवाहलाई थप प्रभावकारी र समय सान्दर्भिक बनाउन प्राधिकरणले आगामी दिनमा थप योगदान गर्ने विश्वास व्यक्त गरे ।

    bima1.jpg

    कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले  बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन, नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन, बीमितको हक हित रक्षा गर्न, बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन, बीमा क्षेत्रमा सुशासन कायम गर्न र मुलुकको आर्थिक विकासमा बीमा क्षेत्रको योगदान बढाउन स्थापना कालदेखि नै प्राधिकरण दृढ प्रतिबद्धताका साथ क्रियाशील रहँदै आएको  जनाए ।

    उनका अनुसार बीमालाई मानव जीवन, सम्पत्ति तथा दायित्वमा आउनसक्ने जोखिम विरुद्ध आर्थिक रक्षावरण गर्ने विश्वासिलो वित्तीय उपकरणका रूपमा लिइन्छ । परिवर्तित समय क्रमसँगै हामीले सामना गर्ने जोखिमको प्रकृति, पुनरावृत्ति तथा जोखिम विरुद्ध आवश्यक रक्षावरण पनि परिवर्तन भएको छ । यसर्थ, बीमा क्षेत्रको विकास एवम् विस्तारलाई अपेक्षित रूपमा अगाडि बढाउनका लागि स्वच्छ प्रतिस्पर्धाका आधारमा नयाँ–नयाँ क्षेत्र पहिचान गर्दै बीमा व्यवसायलाई विस्तार गर्न अग्रसर हुन आवश्यक छ । साथै, जीवन बीमालाई लगानीको उपकरणको रूपमा मात्र नभई मानिसको जीवनसँग सम्बन्धित जोखिमबाट हुने आर्थिक क्षति व्यवस्थापन गर्ने किफायती उपकरणको रूपमा समेत प्रवद्र्धन गर्न जरुरी छ ।

    बीमा कार्यालयहरूको विस्तार, नयाँ बीमा उपकरणहरूको प्रयोग, बीमा प्रवद्र्धन, बीमा शिक्षामा वृद्धि, बीमा मार्फत जोखिम रक्षावरणमा सबै सरोकारवालको बढ्दो सक्रियतालगायतका कारकहरूले देशमा बीमाको दायरा बढ्दै गएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख समेत गरी कूल जनसङ्ख्याको ४४.६४ प्रतिशत बीमाको दायरामा आएको देखिएको छ । मुलुकको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा बीमाशुल्क सङ्कलनको अनुपात बढ्दै गए अनुरूप चालू आर्थिक वर्षको असार मसान्तसम्ममा न्म्ए मा कूल बीमाशुल्क संकलनको अनुपात ३.६२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । साथै, बीमा दाबी भुक्तानी, बीमासम्बन्धी मुद्दा फछ्र्यौट र बीमा सेवा प्रवाहमा उल्लेख्य सुधार हुँदै आएको पाइन्छ ।

    यद्यपि, देशमा बीमा सेवाको विस्तार अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । बीमा गराउने परिपाटी समयानुकूल परिष्कृत हुन सकेको छैन । सरकारी नीति नियमबाट बीमालाई अनिवार्य गरिएका र सजिलो क्षेत्रबाट बीमकहरू बाहिर निस्कन नसकेको अहिलेको अवस्था छ । यस वास्तविकतालाई ध्यानमा राखी बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू आगामी दिनमा निजी घर, सरकारी तथा सार्वजनिक भवन, निर्माण सम्पन्न भएका संरचना, सांस्कृतिक सम्पदा र सहकारी संस्थाहरूलगायत नयाँ नयाँ क्षेत्रमा पुग्नु आवश्यक रहेको देखिन्छ । बीमाको दायरा विस्तारका लागि बीमा क्षेत्रमा नविनतम प्रविधिमा लगानी बढाउन जरुरी देखिएको छ । 
    बीमा ऐन र विगतका असल अभ्यास तथा अन्तर्राष्ट्रिय नवीनतम असल अभ्यास समेतका आधारमा बीमा क्षेत्रलाई विकसित, सहज, पहुँचयुक्त, विश्वसनीय, प्रतिस्पर्धी, सुदृढ र गुणस्तरीय बनाउन प्राधिकरण नियामकीय भूमिकाका साथ आगामी दिनमा समेत आफ्नो कार्यलाई अझ परिष्कृत गर्दै सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । बीमितको हित रक्षा गर्दै न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुरÞ्याउन, बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न, मुलुकको आर्थिक विकासमा बीमा क्षेत्रको योगदान बढाउन, बीमकको आर्थिक अवस्थालाई सबल बनाउन, डिजिटलाइजेशन मार्फत बीमा सेवा प्रवाहको व्यवस्था गर्न र हरेक क्षेत्रमा बीमालाई अभिन्न अङ्गको रूपमा स्थापित गर्न प्राधिकरण सरकार, बीमकलगायत सरोकारवाला सबैसँग सहकार्य, सहयोग र समन्वयका साथ अगाडि बढ्न प्रतिवद्ध छ । 

    साथै अध्यक्ष ओझाले  बीमा व्यवसायलाई व्यवस्थित, नियमित, स्वच्छ प्रतिस्पर्धी र विश्वसनीय बनाउने लगायत बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका कार्यमा प्राधिकरणसँग सहकार्य, सहयोग एवम् समन्वय गर्दै आएका अर्थ मन्त्रालय, विभिन्न सरकारी निकाय, वित्तीय क्षेत्रका नियमनकारी निकाय, बीमक, बीमा मध्यस्थकर्ता, विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्था र सम्बन्धित सरोकारवालाहरूलगायत सबैमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सम्बद्ध सबैबाट निरन्तर सहयोग पाउने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij