Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

  • काठमाडौँ। सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभयो । मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताउनुभयो ।

    सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij