Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज पाँच संसदीय समितिको बैठक : विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

आज पाँच संसदीय समितिको बैठक : विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

  • काठमाडौं ।संघीय संसद्का पाँच वटा संसदीय समितिहरूको बैठक आज निर्धारित छन्। बैठकमा विभिन्न विधेयक, उपसमितिको प्रतिवेदन तथा विषयविज्ञहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ।

    बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० का सम्बन्धमा विषयविज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ।

    बिहान ७स्३० बजे बोलाइएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन प्रस्तुत गरिनेछ।

    बिहान ८स्३० बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ, जहाँ विद्युत् विधेयक, २०८० मा संशोधनसहित दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

    दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मा गरिएको स्थलगत अध्ययनसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ।

    दिउँसो २ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा तयार पारिएको उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij