Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

देशभर मौसम बदली: केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली: केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • काठमाडौँ ।देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदलीको अवस्था छ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहँदै आंशिक बदली देखिएको छ। कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    दिउँसो र रातिको अवस्था

    दिउँसो देशभर आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको छ। कोशी, लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुने सम्भावना छ।

    रातिको समयको पूर्वानुमानअनुसार कोशी, मधेश, गण्डकी र अन्य पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहन सक्नेछ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    सतर्कता अपनाउन आग्रह

    कोशी, मधेश, गण्डकी, बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने भएकाले महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने बताउँदै आवश्यक सतर्कता र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij