Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल इन्सुरेन्सलाई ४०% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी २.५४ अर्ब पुग्ने

नेपाल इन्सुरेन्सलाई ४०% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी २.५४ अर्ब पुग्ने

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्सुरेन्स कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको छ। बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सेयरधनीहरूलाई १०० रुपैयाँ अंकित दरमा कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्न सक्नेछ।

    नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरेकाले कम्पनीले पूँजी वृद्धिको योजना अघि सारेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेकोमा हकप्रद सेयर बिक्रीपछि यो २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

    कम्पनीको हकप्रद सेयर बिक्री प्रक्रिया एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको हैसियतमा संचालन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij