Logo

Jun 01 2025 | २०८२, जेठ १८गते

Jun 01 2025 | २०८२, जेठ १८गते

images

निफ्राको ५ अर्ब बराबरको ‘६% उर्जा ऋणपत्र’ निष्कासन जेठ १८ बाट, ब्याजदर वार्षिक ६%

निफ्राको ५ अर्ब बराबरको ‘६% उर्जा ऋणपत्र’ निष्कासन जेठ १८ बाट, ब्याजदर वार्षिक ६%

  •  

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नाममा यो ऋणपत्र जेठ १८ गतेदेखि जारी गर्नेछ।

    ऋणपत्र प्रति इकाई १,००० रुपैयाँ दरमा ५० लाख इकाई जारी हुनेछ। जसमध्ये ३० लाख इकाई अन्य संघसंस्थालाई निजी रुपमा बिक्री गरिनेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ। सो मध्ये १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

    यो ऋणपत्र ७ वर्ष अवधिको हुनेछ र वार्षिक ६ प्रतिशत निश्चित ब्याजदर दिइने बैंकले जनाएको छ। यस ऋणपत्र निष्कासन तथा बिक्रीको व्यवस्थापन एनआइएमबी एस क्यापिटल लिमिटेड ले गर्नेछ।

    सर्वसाधारणले यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल मार्फत अनलाइनबाट दिन सकिनेछ।

    यसमा आवेदन दिनको अन्तिम मिति जेठ २१ गते तोकिएको छ। सो अवधिमा पूर्ण बिक्री नभएमा आवेदन अवधि असार १ गतेसम्म खुला रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij