Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते, १२.६३% लाभांश प्रस्ताव

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते, १२.६३% लाभांश प्रस्ताव

  •  

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार २ गते आफ्नो आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र त्यसबापतको कर तिर्न ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।

    साथै, सभामा सो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, र नगद प्रवाह विवरण माथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    कम्पनीले सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij