
काठमाडौँमा चालु आर्थिक वर्ष २०८१÷८२को १० महिनासम्म गत वर्षको तुलनामा ८ हजार बढी विद्युतीय वाहन (ईभी) आयात गरिएको छ ।चालु आवको १० महिनामा बस, मिनिबस, असेम्बल नगरिएका तीन पांग्रे, तीन पांग्रे, असेम्बल नगरिएका कार जीप भान ५०किलोवाट, कारजीप भान ५० किलोवाट, १०० किलोवाट , २०० किलोवाट , ३०० किलोवाट , अन्य तीनपांग्रे र चार पांग्रे वर्गीकरणमा परेका गरी २७ हजार ७सय २ थान विद्युतीय वाहनहरू (ईभी) आयात गरिएका हुन् ।
गत आवको सोही अवधिमा सोही वर्गीकरणमा परेका ईभीहरू १९ हजार ३ सय ९९ थान आयात गरिएको भन्सार विभागको प्रतिवेदनले जनाएको छ ।चालु आवमा असेम्बल नगरिएका र गरिएका तीन पांग्रे विद्युतीय वाहनको आयातमा वृद्धि भएको देखिएको हो । यसैगरी मिनिबस, १०० र २०० किलोवाटका कारजीप भान वर्र्गीकरणका विद्युतीय वाहनको आयात चालु आवमा बढी भएको हो । साथै बसको आयात चालु आवमा भएको देखिन्छ भने गत आवको सोही अवधिमा देखिँदैन् ।
चालु आवमा ४ बस, मिनिबस २१११ , असेम्बल नरिएका तीन पांग्रे ५४८७, असेम्बल गरिएका तीन पांग्रे ८५८७, कार जीप भान १०० किलोवाट ५५३४, कार जीप भार २०० किलोवाट ९२७ थान आयात भएका छन् ।
चालु आबमा बस आएको छैैन् ।असेम्बल नगरिएका तीन पांगे्र २२२६, असेम्बल गरिएका तीन पांग्रे ७९७०, कारजीप भान १०० किलोवाट ४८९६ र कारजीप भान २०० किलोवाट १०५ थान विद्युतीय वाहन आयात गरिएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij