Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको कार्य विभाजन: निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई अलग–अलग जिम्मेवारी

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको कार्य विभाजन: निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई अलग–अलग जिम्मेवारी

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरूबीच जिम्मेवारीको बाँडफाँट गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच विभागीय कार्य विभाजन गरेका हुन्।

    नयाँ कार्य विभाजनअनुसार, निलम ढुङ्गानाले निम्न विभागहरूको जिम्मेवारी पाएकी छन्:

    • बैंक तथा वित्तीय संस्था नियमन विभाग

    • गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग

    • लघुवित्त सुपरिवेक्षण विभाग

    • विदेशी विनिमय व्यवस्थापन विभाग

    • मुद्रा व्यवस्थापन विभाग

    • संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग

    • सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग

    • सूचना प्रविधि विभाग

    • प्रदेश कार्यालयहरू

    त्यस्तै, बमबहादुर मिश्रले हेर्ने विभागहरू यसप्रकार छन्:

    • बैंक सुपरिवेक्षण विभाग

    • वित्तीय संस्था सुपरिवेक्षण विभाग

    • आर्थिक अनुसन्धान विभाग

    • मौद्रिक व्यवस्थापन विभाग

    • भुक्तानी प्रणाली विभाग

    • बैङ्किङ विभाग

    • मानव संसाधन व्यवस्थापन विभाग

    • वित्त व्यवस्थापन विभाग

    गभर्नरको कार्यालय भने प्रत्यक्ष रूपमा गभर्नर पौडेलमार्फत सञ्चालन हुने व्यवस्था यथावत् राखिएको छ।

    गौरतलब छ, महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि निलम ढुङ्गाना कार्यवाहक गभर्नर बनेकी थिइन् र सो समयमा सबै विभागहरूको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको थियो। अहिले नयाँ गभर्नर नियुक्त भएपछि ढुङ्गाना पुनः डेपुटी गभर्नरको भूमिकामा फर्किएपछि यो नयाँ कार्य विभाजन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij