Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार रिटमाथि बहस सुनुवाइ भइरहेको हो।

    शुक्रबारको सुनुवाइमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछानेविरुद्ध जाहेरी दिने पक्षको तर्फबाट बहस गरेका छन्। यसअघि लामिछानेका तर्फबाट तथा सरकारी वकिलको बहस सकिएको छ। अब जाहेरवालातर्फको बहस सकिएपछि अदालतको आदेश आउने अपेक्षा गरिएको छ।

    सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ, र यदि बहस शुक्रबारमै सम्पन्न भएमा सोही दिन आदेश आउने सम्भावना रहेको छ।

    सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी सर्वोच्च अदालत पुगेका हुन्। त्यही आदेशविरुद्ध उनले बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) रिट दायर गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij