Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • काठमाडौँ  ।सान्भि इनर्जी लिमिटेडले आज, जेठ ९ गतेदेखि थप सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन थालेको छ। कम्पनीले कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत बिक्रीका लागि ल्याएको हो।यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि ८ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता, र कर्मचारीका लागि ५८ हजार २०० कित्ता शेयरको बाँडफाँट गरिसकेको छ।कम्पनीले आफ्नो ८८ करोड रुपैयाँको जारी पूँजीमध्ये ४३।०७ प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। यो निष्कासनबाट कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो सार्वजनिक निष्कासन छिटोमा जेठ १३ गतेसम्म खुला रहनेछ। यदि सो अवधिभित्र माग अनुसार आवेदन नपरेमा भने अवधि जेठ २३ गतेसम्म लम्ब्याइनेछ। हालसम्मको प्रवृत्तिअनुसार, पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने सम्भावना रहेकोले आईपीओ छिटोमै बन्द हुने अपेक्षा गरिएको छ।लगानीकर्ताहरूले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, जसले बिक्री प्रबन्धकको भूमिका निभाएको छ, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइन पोर्टलमार्फत पनि सजिलै आवेदन दिन सकिने व्यवस्था छ।

    सान्भि इनर्जीलाई केयर रेटिङ नेपालले ुकेयर एनपी डबल बी प्लस इम्युअरु रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले इलाम जिल्लामा ७।६ मेगावाट क्षमताको जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ साल वैशाख १८ देखि व्यावसायिक उत्पादन गरिरहेको छ। हाल ५।२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ, जसको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij