Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

अब उत्पादनपछि मात्र जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

अब उत्पादनपछि मात्र जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

  • काठमाडौं । अबदेखि जलविद्युत कम्पनीहरूले विद्युत उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था गरिँदैछ। आर्थिक सुधारका लागि सरकारले बनाएको कार्ययोजनामा यस्तो व्यवस्था समेटिएको छ, जस अनुसार आगामी दुई वर्षभित्र यो नियम कार्यान्वयनमा आउने छ।

    आर्थिक सुधार आयोगको सिफारिसअनुसार सरकारले यो कदम चाल्न लागेको हो। यसले जलविद्युत परियोजनामा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै परियोजना जोखिम व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

    हालसम्म धेरै जलविद्युत कम्पनीहरूले आयोजना निर्माणकै क्रममा आईपीओ निष्कासन गर्दै आएका थिए। तर अबदेखि उत्पादन सुरु भएपछि मात्र सर्वसाधारणलाई शेयर बिक्री गर्न पाइने प्रावधान लागू गरिने स्पष्ट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij