Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपालका वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण बंगलादेशी कम्पनीले गर्ने

नेपालका वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण बंगलादेशी कम्पनीले गर्ने

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशका १० वटासम्म वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो (ऋण सम्पत्ति) परीक्षण गर्न बंगलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ। बैंकहरूको सम्पतिको गुणस्तर  मूल्यांकन गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा प्रक्रियामार्फत विभिन्न कम्पनीहरूमध्ये हाउलादरलाई प्राविधिक रूपमा योग्य ठहर गर्दै जिम्मेवारी दिएको हो।

    यस कार्यको लागि छनोट प्रक्रियामा श्रीलंका, भारत र बंगलादेशका गरी कुल ६ कम्पनीहरू सर्टलिस्टमा परेका थिए। तीमध्ये उत्कृष्ट मूल्यांकन प्राप्त गर्दै हाउलादर कम्पनीले लोन पोर्टफोलियो रिभ्यूको जिम्मा पाएको राष्ट्र बैंकले जनाएको छ। यो परीक्षणले वाणिज्य बैंकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन क्षमता र ऋण प्रवाहको गुणस्तरमा पारिरहेको प्रभावबारे स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij