Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

अदालती आदेशपछि उत्पन्न परिस्थितिमा रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक

अदालती आदेशपछि उत्पन्न परिस्थितिमा रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक

  • काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसम्बन्धी सर्वोच्च अदालतको आदेशपछि उत्पन्न परिस्थितिमा छलफल गर्न सचिवालय र केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

    शुक्रवार राति बसेको आकस्मिक भर्चुअल सचिवालय बैठकले शनिबार दिउँसो ३ बजे सचिवालय र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने निर्णय गरेको छ। साथै, पार्टीले आगामी आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमै भौतिक रूपमा केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ।

    पार्टी स्रोतका अनुसार यी बैठकहरूमा अदालतको निर्णयपछि देखिएको राजनीतिक परिस्थिति, सम्भावित असरहरू तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij