
काठमाडौँ ।नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौँमा पहिलो पटक अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट आयोजना हुने भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक संस्थाका अध्यक्ष सुदर्शन नेपालले सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट रहने जानकारी दिनुभयो । सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर, तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण, र स्थानीय समुदायको उत्थानबारे अन्तरराष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले अथक ऊर्जा र अदम्य साहस बोकेका साहसी आरोहीलाई एकै स्थानमा उपस्थित हुने यस मन्चमा हालसम्म १६ देशका १७७ भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता सुनिश्चित भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उपस्थित पाहुनाले आ–आफ्ना अनुभव साझा गर्दै साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी हुनेछन् ।
एभरेस्ट समिटियर्स समिटको मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथा, सफलताको अनुभूति, सङ्घर्षका क्षणहरू र सिकाइका पाटाहरू प्रस्तुत गर्ने रहेकोछ । त्यस्तै सम्मेलनमा संरक्षणको आवाजलाई विशेष प्राथमिकता दिइएको छ । सम्मेलनको महत्वपूर्ण आकर्षणको रूपमा वातावरणीय सन्तुलन र हिमाली क्षेत्रको दिगो भविष्यका लागि क्ष्ऋक्ष्ःइम्, क्ष्ग्ऋल्, ध्ध्ँ, श्क्ी र ल्त्ल्ऋ जस्ता अन्तरराष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूको विशेष समर्थन प्राप्त भएको बताउनुभयो ।
सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” प्रदान गरी सम्मानित गरिनेछ । उनी जीवित इतिहास मात्र होइन, एक युगका प्रतिनिधि पनि हुन् । पर्वतारोहण क्षेत्रको योगदानलाई सम्मान गर्ने यस अवार्डले नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।
सम्मेलनका अन्य आकर्षणमा आरोहणका चुनौती, महिलाको सहभागिता, जलवायु सङ्कट, सुरक्षित प्रविधिलगायतका विषयमा गोष्ठी, एभरेस्ट सम्मान समारोह, हिमाली सांस्कृतिक महोत्सव, चित्रकला तथा पर्वतीय जीवनशैली झल्काउने झांकी, फोटो प्रदर्शनी, र उपकरण प्रदर्शनी सञ्चालन गरिनेछ । साथै, स्थानीय हस्तकला र हिमाली परम्परागत सामग्री समावेश गर्न नाम्चे, खुम्बु, कास्की, म्याग्दीलगायतका गाउँपालिका तथा नेपाल हस्तकला महासङ्घसँगविशेष सहकार्य रहेको छ जसले सम्मेलनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।
‘सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित यो सम्मेलनले हिमालमा बढ्दो पर्यावरणीय सङ्कट, जिम्मेवार पर्वतारोहण अभ्यास, र अन्तरराष्ट्रिय सहकार्यको आवश्यकताप्रति ध्यानाकर्षण गराउने विश्वास लिइएको छ । सम्मेलन नेपाललाई सुरक्षित तथा दीगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्द्धन गर्न र अन्तरराष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्वपूर्ण रहनेछ । एभरेस्ट समिटियर्स समिट २०२५ केवल कार्यक्रम होइन, सपना, सङ्घर्ष, साहस र सफलताको संगम हो, जहाँ सगरमाथा आरोहीहरूको अनुभव नयाँ पुस्तालाई प्रेरणाहुनेछ, र नेपाललाई विश्व पर्यटन नक्शामा थप मजबुत रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर हुने आयोजकले जनाएको छ ।
संस्थाले विभिन्न कार्यक्रम, कार्यशाला, र पहलमार्फत यस संस्थाले नेपालका हिमाली क्षेत्रलाई प्रवर्द्धन गर्दै वातावरण संरक्षण तथा उत्तरदायी पर्यटनका पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij