Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ खुला गर्दै

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ खुला गर्दै

  •  

    काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर जारी गर्न लागेको हो।

    यो कम्पनीको कुल जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँ रहेको छ, जसको ४८.६९६ प्रतिशत, अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ।

    यसअन्तर्गत, कम्पनीले यसअघि नै १० प्रतिशत, अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर आइपीओ जारी गरिसकेको छ। सो आइपीओको बाँडफाँट सम्पन्न भइसकेपछि अब बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

    यो अवसर मार्फत सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीमा प्रत्यक्ष लगानी गर्ने मौका पाउनेछन्। इच्छुक लगानीकर्ताहरूले तोकिएको मितिमा आवेदन दिन सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij