Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेपाल फाइनान्सले संस्थापक सेयर लिलामी खुला गर्‍यो, न्यूनतम मूल्य १०० रुपैयाँ

नेपाल फाइनान्सले संस्थापक सेयर लिलामी खुला गर्‍यो, न्यूनतम मूल्य १०० रुपैयाँ

  •  

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज जेठ ११ गतेदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको छ। लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरू मात्र नभई अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले समेत भाग लिन सक्नेछन्।

    लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    यस लिलामीको आवेदन दिने अन्तिम म्याद असार १ गतेसम्म कायम गरिएको छ। लिलामी बिक्री प्रक्रियाको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij