Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, आज बोलकबोल हुँदै

राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, आज बोलकबोल हुँदै

  •  

    काठमाडौं । बजारमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण  जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार, उक्त उपकरणको बोलकबोल आज आइतबार (जेठ ११ गते) दिउँसो ३ बजेसम्म हुनेछ।

    बैंक तथा वित्तीय संस्थाहरूको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिन अवधिको यो उपकरण ल्याएको हो। सो अवधिपछि साँवा र ब्याज असार १ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

    बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको आवेदन दिन सक्नेछन् भने अधिकतम मागमा ५ करोड रुपैयाँको निःशेष भाग छुट्याउने शर्त राखिएको छ। राष्ट्र बैंकको यो कदम बजारको मौद्रिक सन्तुलन कायम राख्नका लागि भएको मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij