Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई बढेर १०.१३ रुपैयाँ पुग्यो, वैशाखमा आम्दानी र नाफा दुवै वृद्धि

मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई बढेर १०.१३ रुपैयाँ पुग्यो, वैशाखमा आम्दानी र नाफा दुवै वृद्धि

  •  

    काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई खुद सम्पत्ति मूल्य  वैशाख मसान्तसम्म बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। यो चैत मसान्तमा रहेको १० रुपैयाँ ३ पैसा भन्दा १० पैसा बढी हो।

    बन्दमुखी प्रकृतिको यो योजना १० वर्षे अवधिको हो र २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा आएको हो। फण्डले कुल १२ करोड ५० लाख इकाइ जारी गरेको थियो। धितोपत्रमा लगानीलाई प्रमुख उद्देश्य बनाएको योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९९ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ।

    बैंक मुद्दती निक्षेपमा ६ करोड रुपैयाँ लगानी गरेको फण्डले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने १ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ। आम्दानीतर्फ हेर्दा, चैत मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म ३ करोड ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।

    त्यस्तै, खर्च पनि बढ्दै गएको देखिन्छ। चैतमा १ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेको खर्च वैशाखमा बढेर १ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, समग्रमा योजना १ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ, जसले फण्डको वित्तीय स्थिति सुदृढ हुँदै गएको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij