Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख १९ हजार कित्ता सेयर सर्वसाधारणका लागि

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख १९ हजार कित्ता सेयर सर्वसाधारणका लागि

  •  

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन)ले जेठ ९ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

    बोर्डका अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता साधारण सेयर  निष्कासन गर्नेछ। कम्पनीलाई कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति दिइएको हो।

    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसका लागि २०८० साल जेठ ३१ गते धितोपत्र बोर्डमा औपचारिक आवेदन दिएको थियो।

    अब छिट्टै सार्वजनिक निष्कासनको मिति तोकिएको सूचना आउनसक्नेछ, जसपछि सर्वसाधारण लगानीकर्ताहरूले उक्त आईपीओमा आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij