Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

दोर्दी खोला जलविद्युत कम्पनीले १९ लाख ४६ हजार कित्ता हकप्रद सेयर लिलामीमा खुला गर्‍यो

दोर्दी खोला जलविद्युत कम्पनीले १९ लाख ४६ हजार कित्ता हकप्रद सेयर लिलामीमा खुला गर्‍यो

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज आइतबार (जेठ ११ गते)बाट अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद सेयर लिलामीमार्फत विक्री खुला गरेको छ। यसमा शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता, लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता, र लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर समावेश छन्।

    कम्पनीले स्पष्ट पारेअनुसार, लकइनमा रहेका सेयरहरू आगामी असार ७ गते पछि फुकुवा हुनेछन्। इच्छुक लगानीकर्ताहरूले जेठ १९ गते भित्र आवेदन दिन सक्नेछन्, जसमा प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ। आवेदन न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म गर्न सकिने व्यवस्था छ।

    यस लिलामीको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    यसअघि कम्पनीले माघ १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्मका शेयरधनीहरू का लागि १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। चैत १९ देखि वैशाख १४ सम्म आवेदन खुला गर्दा ८५ लाख ९५ हजार ९२८ कित्ता मात्र बाँडफाँट भएको थियो। बाँकी सेयर लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।

    शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ, जुन जलविद्युत् परियोजनाको वित्तीय स्थायित्वका लागि महत्त्वपूर्ण मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij