Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपातमा वृद्धि, कर्जा प्रवाह बढ्दा निक्षेप सङ्कलन घट्यो

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपातमा वृद्धि, कर्जा प्रवाह बढ्दा निक्षेप सङ्कलन घट्यो

  •  

    काठमाडौँ । बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो ।

     

    “बैंक तथा वित्तीय संस्थाहरुको निष्वृmय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५।२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ । निष्वृmय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५।५६ र वित्त कम्पनीको १३।०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३।६३ र वित्त कम्पनीको १०।४० प्रतिशत थियो ।

     

    गत आवको तुलनामा चालु अवामा कर्जा प्रवाह बढेको छभने निक्षेप सङ्कलन घटेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ रु तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु दुई खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप रु तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु चार खर्ब नौ अर्ब ४ करोडले वृद्धि भएको थियो ।

     

    बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ८।५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।

     

    बैंक तथा वित्तीय संस्थाहरु बीचको भारित औसत अन्तरबैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो ।

     

    डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । “मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरुको दायरा फराकिलो हुँदै गएको छ,” राष्ट्र बैंकले भनेको छ, “समीक्षा अवधिमा ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ ९आरटिजिएस० मार्फत भएको कारोबार रकम बढेको छ ।”

     

    अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटिजिएस मार्फत् रु दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड बराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो कारोबार ११३।०९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड बराबरको छ लाख आठ हजार वटा कारोबार भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij