
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९१ हजार १०० रुपैयाँमा झरेको छ। आइतबार यो दर १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ भने यथावत् रहेको छ। सोमबार पनि प्रतितोला चाँदी २ हजार ५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको भाउमा कुनै परिवर्तन आएको थिएन।
सुनको मूल्य घट्नु अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको विश्लेषकहरूको भनाइ छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij